तपाईं कार्यस्थलमा शोषित हुँदै हुनुहुन्छ ?
आफूलाई सहयोग गर्ने संस्थाहरूको बारेमा जान्न यो संयन्त्रको प्रयोग गर्नुहोस् । यो संयन्त्रले तपाईंलाई तपाईंको परिस्थितिसम्बन्धी साधारण प्रश्नहरू सोध्छ । तपाईंले आफ्नो नाम वा सम्पर्क विवरण जस्ता व्यक्तिगत जानकारी उपलब्ध गराउनु पर्दैन ।
Quick exit
exit_to_app
आफ्नो परिस्थितिको बारेमा हामीलाई बताउनुहोस्
लागू हुने विकल्पमा चिन्ह लगाउनुहोस् ।
स्वास्थ्य र कल्याण
मलाई कार्यस्थलमा मौखिक, शारीरिक हानी पुर्याइन्छ वा यौन शोषण गरिन्छ
मैले लामो समय काम गर्नु पर्छ र म छुट्टी पनि पाउँदिन
मैले असुरक्षित काम गर्नु पर्छ र/वा म आफ्नो काम गर्ने वातावरणको बारेमा केही भन्न सक्दिन
वित्तीय र भौतिक
म तलव प्राप्त गर्दिन वा आफ्नो तलव आफ्नो तरिकाले खर्च गर्न पाउँदिन
मैले आफ्नो रोजगारदाता वा प्रायोजकलाई धेरै रकम तिरिसकेँ र मैले अझै पनि यहीँ काम गरिरहनु परेको छ
मेरो तलवबाट औजार, खाना वा आवास खर्च काटिन्छ
मेरो रोजगारदाता वा प्रायोजकले मेरो काम, यातायात, आवास र फोन कलको व्यवस्था गर्छन्
मैले आदेशको पालना गर्नु पर्छ । नत्र मलाई रोजगारदाता वा प्रायोजकले जरिवाना तिराउँछन्
मेरो पासपोर्ट, परिचय पत्र वा अन्य महत्त्वपूर्ण कुराहरू लगिएको छ
मनोवैज्ञानिक र सामाजिक
मलाई मेरो कामको प्रकृति, स्थान वा आप्रवासी स्थिति वा रोजगारदाताको बारेमा झूटो जानकारी दिइएको थियो
मैले कुनै मान्छे साथमा लिएर जाँदा मात्रा काम छोडेर हिँड्न पाउँछु
म आफ्नो कार्यस्थलभन्दा बाहिरबाट आफ्नो परिवार वा अन्यलाई सम्पर्क गर्न पाउँदिन
मेरो काम गर्ने स्थान, बस्ने र सुत्ने स्थानमाथि रोजगारदाता वा प्रयोजकको नियन्त्रण छ
मेरो रोजगारदाता वा प्रायोजक मैले उजुरी गरेँ भने मेरो भिषा रद्द गर्ने वा अधिकारीहरूलाई खबर गरिदिने धम्की दिन्छन्
मेरो रोजगारदाता वा प्रायोजक मैले उजुरी गरेँ भने मेरो परिवारलाई हानि पुर्याउने धम्की दिन्छन्
अन्य
म अर्कै खाले रोजगारीसम्बन्धी समस्यासँग जुधिरहेको छु
सकियो
सकियो