JobWatch एक रोजगारी अधिकारसम्बन्धी कानुनी केन्द्र हो । यो संस्था भिक्टोरिया, क्विन्सल्याण्ड र तास्मानियामा क्रियाशील छ । यसले रोजगारीसम्बन्धी समस्याको बारेमा निःशुल्क र गोपनीय जानकारी र सिफारिस प्रदान गर्छ । यहाँ थप सहायता पनि उपलब्ध हुन सक्छ ।
फोन (03) 9662 1933 (मेलबर्न महानगर)
फोन 1800 331 617 (रिजनल भिक्टोरिया)
वेबसाइट www.jobwatch.org.au
Migrant Workers Centre ले अस्थायी भिषा भएका वा आप्रवासी पृष्ठभूमि भएका व्यक्तिहरूलाई रोजगारीसम्बन्धी समस्यामा निःशुल्क र गोपनीय परामर्श प्रदान गर्छ । अनलाइन र अफलाइन माध्यमबाट अपोइन्मेन्ट लिन सक्छ र अन्य भाषामा पनि सहायता प्रदान गरिन्छ ।
फोनः 03 7009 6710
इमेल: mwc@migrantworkers.org.au
वेबसाइट www.migrantworkers.org.au