तपाईं आधुनिक दासत्वको शिकार भइरहनुभएको छ र तपाईंको कार्यस्थलमा गम्भीर शोषण हुन्छ भने Anti-Slavery Australia ले तपाईंलाई निःशुल्क र गोपनीय तथा आप्रवासी सहायता प्रदान गर्न सक्छ ।
फोन 02 9514 8115
वेबसाइट antislavery.org.au
Legal Aid ले विविध निःशुल्क कानुनी सेवा प्रदान गर्छ । यी सेवाहरू सबै जना लिन सक्छन् । यी सेवामा कानुनी जानकारी तथा सिफारिस सेवा पनि उपलब्ध हुन्छन् । अष्ट्रेलियाका सबै राज्य र टेरिटोरीमा Legal Aid Commission छ । नगर, उपनगर र गाउँमा पनि Legal Aid का कार्यालयहरू छन् ।